बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

11.2k Shares

मध्यबिन्दु (नवलपरासी)।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । 

आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको हो । मेला भर्न नेपालका विभिन्न स्थान र भारतको विहार तथा उत्तर प्रदेशबाट भक्तजन आएका छन् ।

 माघे औँसीका दिन नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणीधाममा स्नान गरेर  सूर्यको आराधना गरेमा चिताएका पूरा हुने तथा पितृहरुले मोक्ष प्राप्त गर्ने जनविश्वास छ । 

सम्बन्धित समाचार