सचिव मुनु र गृहमन्त्रीबीच शिष्टाचार भेट

11.1k Shares

काठमाडौं – गृहमन्त्री रमेश लेखकसँग उनको कार्यकक्षमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सीमा सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

साथै उनीहरूले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, दुवै देशका सीमा सुरक्षाबलबीचको सहकार्य एवं समन्वय, कञ्चनपुरको दोधारा चाँदनीमा एकीकृत भन्सार जाँच चौकी निर्माणलगायत विषयमा पनि छलफल गरेका थिए ।

सम्बन्धित समाचार