भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै

9.4k Shares

काठमाडौँ । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । मुलुकमा माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि भारतबाट आयात गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । सोही अनुसार गहुँ आयातका लागि आवेदन माग गरिएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँ आयात हुने गरेकामा केही वर्षदेखि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको आयात हुन सकेको थिएन  । मैदा उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले गहुँ अभावले गर्दा मैदा मिल पूर्ण रूपमा सञ्चालन हुन नसकेका छैनन् । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात भएपछि भने केही सहज हुने अनुमान गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा छ लाख ९७ हजार ७६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४६२ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यस्तै आव २०७८/७९ मा सात लाख १६ हजार ९७८ हेक्टर क्षेत्रफलमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना निकालेर भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको छ ।

सम्बन्धित समाचार