‘सस्तो भयो भन्दैमा तरकारी खेर नफालौँ, पछिका लागि जोगाएर राखौँ’

12.7k Shares

काठमाण्डौ – अहिले उत्पादन भएका काउली, साग, मुलालगायतका तरकारीको भाउ नपाएको किसानको गुनासो छ । दुःख गरेर उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाएपछि कतिपय किसानले गाईवस्तुलाई खुवाउन थालेका छन् । कतिपयले बारीमा फालेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२४ का एक किसानले १० कठ्ठामा लगाएको काउली बारीमा ट्याक्टरले जोतेका छन् । काउली किलोको पाँच रुपैयाँ पनि पर्न मुश्किल भएपछि लगानीसमेत नउठेको किसानले गुनासो गर्दै आएका छन् ।

गएको वर्ष पनि किसानले भाउ नपाएको भन्दै सडकमै गोलभेँडा फालेका थिए । काउली, बन्दा, गोलभेँडा, साग, मुलालगायतका तरकारीले भाउ नपाएको भन्दै बेलाबेला किसानले यसैगरी नष्ट गर्ने गरेका छन् । किसानले भाउ नपाए पनि उपभोक्ताले महँगो मूल्य तिरेर खानुपर्ने अर्को अवस्था छ ।

अहिले उत्पादन भइरहेका तरकारीलाई खेर फाल्नुभन्दा प्रशोधन र संरक्षण गरी राख्न सकिने कृषि विज्ञहरू बताउँछन् ।

सम्बन्धित समाचार