माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन

8.4k Shares

काठमाडौं– मङ्सिर र माघमा विशेष गरी विवाहका लगन हुने गर्छन् । यी दुई महिनालाई विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । यसपालिको मङ्सिर त गइसक्यो अहिले माघको महिना चलिरहेको छ । 

यो वर्षको मंसिरले धेरैको मनमा निराशा छाइदिएको थियो । कारण मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो ।

यो वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको थियो । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुरेको छ । ४ गते त गइसक्यो अब बाँकी रह्यो २५ गते । अब ४ गते केही कारणवश: तपाइको विवाह रोकियो भने २५ गते गर्न सक्नु हुन्छ  ।

यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

सम्बन्धित समाचार