काठमाडौं । मध्यभोटेकोशी
जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि आईपिओ बिक्री खुला गर्ने भएको
छ । कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड
बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना जिल्ला
सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै
बाँडफाड गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाईै आज भएको बाडफाडबाट
१८० कित्तासम्मका लागि आवेदन दिने आवेदन दिएअनुसार र १९० कित्ता देखि ४०० कित्तान
सम्मका लागि आववेदन दिने २ हजार ३१३ जनाले
गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन् ।
त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक
जिल्लाका अन्य क्षेत्रका सर्वसाधारणले १० देखि ४० कित्तासम्म आवेदन दिनेले आवेदन
अनुसार नै र ५० देखि ४०० कित्तासम्म आवेदन दिनेलाई भने गोलाप्रथाबाट ४० हजार ५४८
जनाले थप १० कित्ता गरी अधिकतम ५० कित्तासम्म सेयर प्राप्त गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले
जनाएको छ ।
नेपाल धितोपत्र बोर्डबाट
आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता
सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्र र
जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । अब
९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर
निष्काशन गरी बाडफाडसमेत गरिसकेको छ ।
कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।