‘अध्यादेशबाट शासन गर्ने सरकारको कार्यशैली ठिक भएन’

7.7k Shares

काठमाडौं– विवेकशील साझा पार्टीले सांसदबाटै कानून बनाउन माग गरेको छ । दुई तिहाइ नजिकको सरकार अध्यादेश मोह, कुशासनको प्रतीक हुने भन्दै संसदबाटै कानून बनाउन माग गरेको हो । 

सामान्य अवस्थामा पनि संसदीय प्रणालीलाई छलेर अध्यादेशमार्फत शासन गर्ने गठबन्धन सरकारको शैलीप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण बताएको छ । 

शुक्रबार विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले विज्ञप्ति जारी गर्दै सरकारले हिउँदे अधिवेशन बोलाएर दफावार छलफल पछि कानुन निर्माण गर्नुको सट्टा अत्यन्त विशिष्ट अवस्थामा अभ्यास गरिने अध्यादेशलाई रोज्नु सरकारको कुतसित नियत भएको बताएका छन् । 

सम्बन्धित समाचार