वर्तमान सत्ता बन्दूककाे नालबाट हाेइन ब्यापारीकाे गल्लाबाट निस्किन्छ !

12.5k Shares

- डी.बी.नेपाली (कालिकाेट )

काठमाडौँ - वर्तमान नेपालकाे राजनीतिमा देखिन थालेकाे अविश्वास,अकर्मन्यता,असफलता,अन्याय, अत्याचार, अव्यवस्था, राननीतिक अन्धभक्ति,अन्तरघात,अन्तरद्वन्द्ध आदिकाे अग्रगमनकाे तीब्रताले एकातिर राजीति ,राजनीतिक दल र ती दलका नेताहरु प्रति जनतामा अविश्वास बढ्दै गैरहेकाे अवस्था छ भने अर्काेतिर ब्यक्ति पिच्छै, दलमा अलिकती कुरा नमिले पनि फुटेर अर्काे दल खाेल्ने या उस्तै अर्काे दलमा प्रवेश गरेर पुरानाे दललाई जिस्काउने राजनीतिक फैशन नै भै सकेकाे छ । एउटा एउटा ब्यक्तिका पार्टी निर्वाचान आयाेगमा दर्ता छन् तर धेरैजसाेकाे त जनतामा कतै उपस्थिति नै देखिन् तर नयाँ नयाँ पार्टी खुल्ने र निर्वाचन आयाेगमा दल दर्ता गर्ने चलनमा वृद्धि भएकै छ ।संसारका ठुलाठुला देशहरुमा दुइ या तीन दलकाे राजनीति बर्षाैं देखि राम्रै चल्दै आएकाे देखिन्छ तर तीन कराेड मात्रै जनसंख्या भएकाे नेपालमा पार्टी पनि तीन कराेड न‌ै खुल्छन् कि जस्ताे देखिन्छ । देशकाे राजनीतिक अवस्था यस्तै अघि बढ्दै जाने हाे भने त्यसकाे अन्तिम विन्दू त शायद दलहरुकाे अन्त या अस्तित्व मेटिनु नै देखिन्छ । यस प्रकारकाे राजनीतिक पलायनकाे ज्वलन्त उदाहरण भारतकाे पंंजाब राज्यमा राज्यकाे मुहार फेर्ने भनेर एउटा अकाली दल भनेर राजनीतिक पार्टी गठन भयाे र उसले सत्तामा जाने अवसर पनि पायाे यसरी जब त्याे पार्टी सत्तामा पुग्याे तब त्याे पार्टीका नेताहरुमा सत्ताकाे भागबन्डामा हिस्सेदारीकाे र ब्यक्तिगत स्वार्थकाे म्याराथन शुरु भयाे पार्टी फुट्दै फुट्दै नेताहरुकाे ब्यक्तिगत नाममा विभाजित हुँदै गयाे यसरी पार्टी फुटेकाे फुटै भए पछि ,पार्टीकाे जनतासंग भन्दा पनि ती पार्टीकाे रणनीति , कुटनीति, र कार्यनीति जनताकाे र राज्यकाे सवालबाट उछिट्टिएर एकअर्काकाे खाेट,दाेष खाेतल्ने र गालीगलाैजकाे एक सुत्रीय कार्यक्रममा ब्यस्त हुन थाले पछि ती नेता र दलहरु जनताकाे नजरमा अत्यन्त तल्लाे स्तरमा झरेकाे देखेर त्याे अकाली दलका एउटा नेता सारै दिक्क भएर उनले पनि पार्टी खाेल्ने निर्णय गरेर दलकाे नाम आफ्नु नाममा नराखेर "अकाली दल फालतु" भनेर खाेलेका थिए ! यसरी दलहरु फुट्दा जनता मात्रै दुखी नभएर नेता स्वयं पनि दुखी हुँदाेरैछन् भन्ने देखाउछ ! यसरी शक्तिशाली अकाली दल, नेताहरुकाे स्वार्थ,अहंकारकाे कारण टुक्राटुक्रा भएर केही समय मै सत्ताबाट मात्रै हाेइन राजनीतिकाेे मैदानबाट कता पलायन भयाे ,हरायाे , उसकाे अस्तित्वकाे त कुरै छाेडाै उसले आफैलाई जाेगाउन सकेन ?

अहिले हाम्राे देश नेपालकाे राजनैतिक परिवर्तनको इतिहासकाे पनि हविगत त्यस्तै त्यस्तै देखिन्छ । ०४६ पछि अंझ ०६४ अंझै त्याे भन्दा पनि ०७२ पछि त ब्यक्तिगत स्वार्थ ,पदलाेलुपता र अहंकार यति बढ्याे कि त्याे बाढीमा जसले याे राष्ट्रकाे र जनताकाे मुहार फेर्न आँधी ,तुफान र बाढी ल्याउने कार्य टाउकाेमा कफन बाँधेर लागि परे आँखिरमा त्याे आँधी ,तुफान र बाढीमा आफै हराउदै गएको प्रष्ट देखिन्छ । देशमा राजनीतिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेका दुइटा धार प्रजातान्त्रिक र गणतान्त्रिक शक्तिमा सत्तामा सहभागिता या हिस्सा नपाउदा देश र जनताकाे मुहार फेर्ने अठाैट र अदम्य शाहस थियाे त्याे शाहस सत्ताकाे चटनी चाट्न पाउदा ओैंला मात्रै चाटेनन् ओैंलानै चबाउन थाले । पाँच छ दशककाे कठाेर संधर्ष पछि हाँसिल गरेकाे लाेकतान्त्रिक गणतन्त्र ( संघीय लाेक गणतन्त्र ) आज ती दलहरुकाे "गले में हड्डी " बनेकाे छ । अहिले नेपालमा देखिएका मुख्य तीनबटा राजनैतिक धारमा पहिलाे प्रजातान्त्रिक दक्षिणपन्थी धार जसकाे नेतृत्व नेपाली काँग्रेसले गर्छ फुटे पनि ,फुट्न खाेजे पनि, नेताहरुमा विचारमा मत भिन्नता सार्वजनिक रुप मै देखापरे पनि उ अहिलेसम्म घरै फाेडेर हिड्ने आँट गरेकाे देखिन्न त्यसकारण उ बहुसंख्यक जनतामा अप्रिय हुँदाहुँदै पनि अंझै सबैभन्दा ठुलाे दलका रुपमा स्थापित देखिन्छ तर जनतामा ,संस्थाहरुमा,कर्मचारीहरुमा पँहुच सबैभन्दा बढी हुँदाहुँदै पनि नेतृत्वकाे घमण्ड अहंकारकाे कारण, अर्काे दल या आफ्नै दलका नेता कसैले आफ्नु नेतृत्व माथि कब्जा जमाउछ कि भन्ने त्रासमा अरु पार्टीकाे या आफ्नै दलका नेताकाे पत्ता साफ गर्ने अभियानलाई एकसुत्रीय रणनीति बनाएकाे कारण पार्टीमा फुट र आफ्नु लेवलमा आउन सक्ने क्षमता भएका आफ्नै दलका नेताहरुकाे पत्ता साफ गर्ने अभियानले तथा अर्काकाे दल कमजाेर पार्न लाेभ लालच दिएर अरु पार्टीका लालची नेताहरुलाई हरियाे कांग्रा देखाएर तान्ने र उनिहरुलाई आजीवन जनताकाे नजरमा आयाराम गयाराम या नरे बनाएर जनताकाे विश्वासबाट टाढा बनाउदै उनिहरुकाे राजनीतिक भविश्य मारिसके पछि पनि आइसियुमा राखेर अंझै स्वाँस बाँकी छ भन्दै मरिसकेकाे राेगीकाे खल्ती खाली गर्ने खेलकाे कारण जति गफ हाँके पनि आफ्नु अस्तित्व जाेगाउन र पार्टीलाई अब लामाे समय तानेर लैजाने अवस्था त्यती बलियाे देखिन्न । यस्तै तीसकाे दशकमा अत्यन्त शक्तिशाली देखिन थालेकाे चाैथाे महाधिवेशन देशमा परिवर्तन गर्ने बाचावन्धन जति गरे पनि नेताहरुकाे पदलाेलुपताकाे कारण बालुवाकाे रास जस्तै भयाे सबैभन्दा बढी टुक्रिने रिकर्ड राख्न सफल राजनीतिमा असफल दल साबित भयाे । पद र सत्तामा जाने माैकापरस्त अवसरवाद हावी भएपछि चाेइटिएका बाछिट्टाहरुकाे राजनीतिक विचारमा ७/८ रेक्टरकाे भुँईचालाे नै जान शुरु भयाे र कहिले सत्तामा,कहिले युद्धमा हाेमिदै अन्तमा दक्षिण,पश्चिमकाे गाेटी बन्दै लम्पसार भएर उ पनि ब्यापारीहरु बाेकेर हिंडन् थाल्याे यसरी विश्वकाे र आम जनताकाे नजरमा छल , कपट ,झुठकाे लिगमा फरक धार र फरक विचार हुँदाहँदै पनि यी ठुला दल भनाउदाहरु माैका,स्वार्थ र अवसर अनुसार मिल्ने र फुट्ने अवसरवादी राजनीतिकाे खेल शुरु भयाे । यिनीहरु बाहेक आफुलाई राजसंस्था र हिन्दूराज्यकाे वन मेन आर्मी ठान्ने दलहरु पनि फुट्दै एकातिर विचारमा राजा बाेक्ने,राजसंस्था र हिन्दू राज्य कायम गर्ने अरे अर्काे तिर नेपालमा शतप्रतिशत फेल भैसकेकाे संघीय गणतन्त्रमा पनि भागबन्डा खाेज्दै व्यवस्था हाेइन सत्ता मात्रै परिवर्तन गर्नु पर्छ भन्ने मान्यता बाेकेर हिडे पछि अब याे देश कसैले बचाउन सक्छ भन्ने विश्वास जनतामा अब रत्तीभर पनि छ जस्ताे लाग्दैन । बाकि चाेइटिएका,उछिट्टिएर आएका नेपालकाे राजनीतिमा विचलन ल्याउन चरालाई दाना फाले जस्तै फालिएका दलहरुकाे काम त यी ठुला दलकाे आशा र भराेसा गर्न छाेडेका जनतालाई घाउमा मलम लगाए जस्ताे गरेर सत्ताकाे स्वाद चाख्न जाने नाैटंकी बाहेक अरु केही देखिन्न । कुनै पनि दललाई राष्ट्रकाे कुनै चिन्ता छैन । मिसन ८४ काे टिजरकाे प्रचार प्रसारमा लागि परेका छन दलहरु,मिडियाहरु,अभियन्ताहरु । लागि परेका छन् ०८४ आउनु अगाडी नै कुन दल र कुन कुन नेताहरुलाई जनताकाे नजरमा सकुनी साबित गर्न सकिन्छ । क कसलाई दाेषी या अपराधी साबित गराएर केही मत सुरक्षित पार्न सकिन्छ ? पहिलेका दलहरुकाे कार्यशैली र हविगत देख्दा देख्दै बर्षातकाे च्याउ जस्तै दलहरु उम्रिने या उमारिने । पहिलेका दल फुट्ने या जुट्ने यही भएकाे छ आज देशकाे रानीतिक यात्राकाे तालिका ।

देशकाे राजनीति र दलहरु पूर्ण रुपमा असफल भैसकेकाे प्रमाण त त्यही दिन देखिएकाे थियाे जुन दिन तीन कराेड मात्रै जनसंख्या भएकाे देशमा कुनै नेता या कुनै पनि दलले देशमा सत्ता चलाउन नसकेर एउटा कर्मचारीलाई राष्ट्रकाे कार्यकारी प्रमुख बनाएर याे व्यवस्था देश,माटाे र जनतालाई सुहाउदाे संसारकै उत्कृष्ट व्यवस्था भन्ने भ्रमकाे खेती गर्न शुरु गरिएकाे थियाे । याे व्यवस्था भनेकाे तीन कराेड जनताकाे मालिक ५/७ हजार मत ल्याएकाे व्यक्ति मानिन्छ ।५/७ हजार जनताकाे मत पाएर चुनाव जित्ने ब्यक्ति तीन कराेडकाे मालिक भएकाे घाेषणा गर्ने व्यवस्था वास्तव मै के प्रजातान्त्रिक ,लाेकतानत्रिक या गणतान्त्रिक हुन सक्छ ? देशकाे राजनीतिक अवस्था,देशकाे सामाजिक अवस्था,देशकाे न्यायिक अवस्था,देशकाे आर्थिक अवस्था,देशकाे धार्मिक अवस्था,देशकाे सैक्षिक अवस्था, जनताकाे स्वास्थ्य अवस्था,देशमा राेजगारीकाे अवस्था सबै भेन्टिलेटरमा राखेर रेमिटेन्स र जनता माथि थाेपारिएका अनेक प्रकारका ट्याक्सहरुकाे अक्सिजनबाट स्वाँस फेर्न लगाइएकाे छ ? अंझै पनि संघीय व्यवस्थालाई चारै दिशाका दलालहरु "नाच बसन्ती नाच" जहिले सम्म तँ नाच्छस हामी बाँच्छाैं भन्ने मानसिकता बाेकिरहेकाे देखिन्छ ? यस्तै अवस्था रहने हाे भने भाेली देश त जीवित रहन्छ कि रहन्न यी सलहहरुकाे भने संख्याब बढ्दै जानेछ । अहिलेकाे देशकाे राजनीतिक अवस्था हेर्ने हाे भने देशले आज कुनै दलकाे नेता ,कुनै कर्मचारीकाे नेतृत्व हाेइन देश बचाउनै छ भने केही समय सेनाले याे आँट गर्न सक्नु पर्छ अन्यथा देश बिदेशी दलालहरुकाे खेल खेल्ने मैदानमा परिवर्तन भै सकेकाे छ । या कुनै पैकेलानै जन्मिनु पर्छ भ्रष्टाचारी,तस्कर,बलात्कारी र राष्ट्रघाती दलालहरुकाे घाँटी छ इन्च छाेटाे पार्न ?

आज नेपालकाे राजनीतिमा आएकाे या देखिएकाे विचलनकाे कारण अहिलेसम्म सत्ताका ठेकेदार बनेर चलाउदै आएका सबै व्यवस्था र दलहरुमा कुन व्यवस्था सफल भएकाे देखिएकाे छ र ? राजा फालेर राणा शासन ,राणा शासन फालेर राजा सहीतकाे प्रजातन्त्र त्याे प्रजातनत्र पनि कु गरेर पञ्चायति तानाशाही त्याे फालेर संबैधानिक राजतन्त्र त्याे नमानेर दश बर्ष गृह युद्ध,त्याे पनि सफल पार्न नसकेर ॐ नमाे शरणम् १२ बुँदे फेरी राजतन्त्रकाे पूर्ण अन्त्यगरि संघीय लाेकतान्त्रिक गणतन्त्रण अनि गणतन्त्र स्थापना गर्ने शक्ति र गणतन्त्र नमान्नेहरुले पनि त्यही गणतन्त्रमा सहभागिता जनाउन र भत्ता खान तँछाड मँछाड गर्ने गरेकाे कसैबाट लुकेकाे छैन् ? भने केही दलहरु संघीयता चाँहिदैन भन्दै संघीय गणतान्त्रिक व्यवस्थामा मुसाे दुलाेमा छिरे जस्तै छिर्न पनि छाेड्दैनन् । भने पछिल्लाे अवस्थामा बंगदादेशमा देखिएकाे राजनीकिक घटनाकाे जस्तै कल्पना गर्न पनि थाली सकेका छन् भने धेरै जसाे दलका नेता या दलहरु जसले हिजाे राजतन्त्रकाे अन्त नगरी याे देशकाे मुहार फेरिन्न भन्नेहरु आज आफुले भाग नपाए र हाे कि याे भन्दा त राजतन्त्रनै ठिक छ भनेर राजतन्त्र जाेगाउनु पर्छ भन्ने तर्क दिन थालेका छन् भने अंझै पनि देशमा राजनीतिक परिवर्तन र सुशासन यिनै दलहरुले मात्रै गर्सक्छन् भन्ने विश्वास गर्नु "आकाशकाे फल आँखातरी मर " भने जस्तै हाे । दशकाैं देखि तिनै नेता र दललाई सक्दाे सराप र गाली गर्ने एउटा परम्परा नै बसी सकेकाे छ भने चुनाव हुने र मत हाल्ने समय आयाे भने जनताले फेरिपनि तीनै नेता र दललाई नै मत दिने गरेकाे तीन दशक भन्दा लामै इतिहास साक्षी छ । कामै गर्न नसक्ने प्रकृतिले पनि रिटायर गरिसकेका अस्वस्थ र बुढा नेताहरुलाई नै पटकपटक जिताएर पठाउने चलनमा कुनै प्रकारकाे तलमाथि अलिकति पनि भएकाे देखिन्न ? कुनै पनि दलमा दलहरुकाे मेनिफेस्टाे र विचार भन्दा नेता माथि हुन थाल्याे भने त्याे कमिलाकाे प्वाँख आए जस्तै अवस्थामा पुगेकाे इतिहास हिटलर देखि इन्दिरा गान्धी,भुट्टाे तथा हंसिनाकाे इतिहासले सिकाएकाे पाठ राजनैतिक विचार र आँखाकाे शल्यक्रिया गरेर पनि देख्न सक्दैनन् ,पाठ सिक्दैनन भने राजन‌तिक इतिहास त्यही सर्कलमा घुमीरहने छ ? राजनीतिज्ञ अगाडि जानुकाे साटाे पछाडि फर्किने छन् । अहिले आएर हिजाे माओकाे भनाई सत्ता बन्दुककाे नालबाट निस्किन्छ भन्ने भनाइले पनि समयसंगै आफ्नु चरित्र फेरि सकेकाे छ । अहिलेकाे शासन व्यवस्था बन्दुककाे नालबाट नभएर ब्यापारीकाे गल्लाबाट निस्किन्छ ।

सम्बन्धित समाचार