भक्तपुरलाई तेक्वान्दोमय बनाउ“छु ः अध्यक्ष तजले

16.5k Shares


नेपालकै भौगोलिक हिसावले सबैभन्दा सानो जिल्लाको रुपमा रहेको भक्तपुर जिल्लालाई तेक्वान्दोमय बनाउने उद्देश्यका साथ अगाडि बढेको छन् भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष, तेक्वान्दोका पाँचौं डान (नबौं ब्याच) तथा सहकारीकर्मी श्याम तजले ।
२०५२ सालबाट तेक्वान्दो खेल खेल्न सुरु गरेका भक्तपुर जिल्ला तेक्वान्दो संघको निर्विरोध अध्यक्ष तजलेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीको रुपमा सहभागिता जनाईसकेका छन् ।
गत साउन ३१ गते नेपाल तेक्वान्दो संघ भक्तपुर जिल्लाको अधिवेशनले निर्विरोध निर्वाचित गरेका तजेल यस अघि पनि नेपाल तेक्वान्दो संघको कोषाध्यक्ष, उपाध्यक्षको अनुभव बटुलिसकेका छन् ।
अन्य जिल्लाको अनुपातमा भक्तपुर जिल्लामा पनि तेक्वान्दो खेल्ने खेलाडी धेरै नै रहेका छन् । नेपालकै नम्वर वान खेलको रुपमा रहेको तेक्वान्दो खेलमा भक्तपुर जिल्लाबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्न सक्षम भइसकेको छ । त्यसलाई निरन्तरता दिँदै आगामी दिनमा पनि अध्यक्ष तजलेले भक्तपुर जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका राम्रा खेलाडीहरु उत्पादन गरी भक्तपुर जिल्लालाई तेक्वान्दो खेलको जिल्लाको परिचय गराउने आफ्नो उद्देश्य रहेको बताउँछन् ।
तेक्वान्दो खेललाई चलायमान बनाउन भक्तपुर जिल्ला तेक्वान्दो संघले वडास्तरीय, क्षेत्रीय स्तरीय, जिल्लास्तरीय, प्रदेश स्तरीय र राष्ट्रियस्तरको प्रतियोगिताहरु आयोजना गरी खेलाडीहरुको मनोबल बढाउने र राम्रा खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आफूहतका साथीहरुलाई समेटेर अगाडि बढ्ने तजलेले खोजतलासलाई बताए ।
हाल तजले खेलाडी भन्दा पनि राम्रा खेलाडी उत्पादन गर्नका लागि भोलेन्टियर प्रशिक्षकको रुपमा आफूलाई अगाडि बढाइरहेका छन् । तजेल ओम तेक्वान्दो डोजाङ कमलविनायक भक्तपुरमा दैनिक रुपमा चार दर्जनभन्दा बढी खेलाडीहरुलाई प्रशिक्षण दिँदै आइरहेका छन् । भोलेन्टिय प्रशिक्षकका साथै तजले राष्ट्रिय रेफ्री समेत हुन् । राष्ट्रिय रेफ्रीका रुपमा रहेका तजले थुप्रै राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सफल रेफ्रीको भूमिका समेत निर्वाह गरिरहेका छन् ।
राष्ट्रिय रेफी तथा भोलेन्टीयर प्रशिक्षकका रुपमा रहेका तजले भन्छन्, नेपालकै नम्बर वान खेलको रुपमा रहेको तेक्वान्दो खेल विकास र सक्षम खेलाडी उत्पादनका लागि दिन रात नभनी खट्दै जाने खोजतलाससँग बताए । तर, यसमा राज्य र स्थानीय निकायले सहयोग गरेको खण्डमा भक्तपुर जिल्लालाई तेक्वान्दोमय बनाउन भने कुनै गाह्रो र अप्ठ्यारो नपर्ने अध्यक्ष तजले बताउँछन् ।
नेपालकै सबैभन्दा सानो जिल्लाको रुपमा रहेको भक्तपुर जिल्लामा मात्रै झण्डै तीन दर्जनभन्दा बढी डोजाङमा खेलाडीहरुले प्रशिक्षण लिँदै आइरहेका छन् । डोजाङ र स्कुलमा प्रशिक्षण लिने खेलाडीहरुलाई प्रशिक्षणका लागि चाहिने सामाग्रीहरु नेपाल तेक्वान्दो संघ केन्द्रीय उपाध्यक्ष भरत महर्जनले उपलब्ध गराएका कारण अहिले भक्तपुर जिल्लाका खेलाडीहरु उत्साहितका साथ प्रशिक्षण लिन आउने गरेका छन् ।
उपाध्यक्ष महर्जनले तेक्वान्दो खेलको विकासका लागि खेलाडीलाई प्रशिक्षणको लागि चाहिने सामाग्री मात्र नभई प्रशिक्षकको लागि चाहिने सामाग्रीहरु टिसर्ट, खेलको लागि चाहिने किक प्याडहरु पनि उपलब्ध गराएको भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष श्याम तजले बताउँछन् । तेक्वान्दो खेल विकासका लागि चाहिने सामाग्रीहरु अभाव भएको खण्डमा यस्ता खेल सामाग्रीहरु निरन्तररुपमा दिँदै आउने तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष महर्जनको उद्घोषले भक्तपुरका तेक्वान्दो खेलाडीहरु उत्साहित भई अहिले नियमितरुपमा प्रशिक्षण लिँदै आइरहेका छन् ।
हालै जापानमा आयोजित पारा ओलम्पिकमा तेक्वान्दो खेलको नेतृत्व गर्दै पलेसा गोवद्र्धनलाई राज्यले खासै लगानी नगरे पनि उत्कृष्ट खेल प्रस्तुत गरेकी थिइन् । बास्तवमा यस्ता खेलाडीको भविष्य राज्यले सुनिश्चित, विमा, दैनिक जीवनयापन, परिवारलाई उच्च शिक्षाको ग्यारेन्टी गरिदिने हो भने नेपाली खेलाडीले ओलम्पिक खेलमा राम्रो खेल प्रस्तुत गरी पदक हासिल गर्न सक्ने खेलाडीहरु उत्पादन गर्न सकिन्छ । नेपालको नाम विश्व सामु फैलाउन तेक्वान्दो खेलले नै गर्न सक्ने आधारहरु विगतका खेलाडीहरुले देखाइसकेका छन् । विधान लामा, सविता राजभण्डारीले यसको प्रमाण दिइसकेका छन् । यस्ता खेलाडीलाई राज्यले वेवास्ता गरेकै कारण आफ्नो र परिवारको भविष्यका लागि विदेशीन बाध्य भएका हुन् ।

सम्बन्धित समाचार