भारतको गुजरातमा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गयो

9.7k Shares

विश्व। भारतको गुजरातमा रहेको एउटा स्टिल कारखानामा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । गुजरातको सूरत नजिक हजिरामा रहेको आर्सेलर मित्तल निप्पोन स्टिल इन्डिया नाम गरेको कम्पनीको कारखानामा गएराति आगो लागेको हो ।

आगलागीमा परेर चार जना कामदारको ज्यान जानुका साथै एक जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

सम्बन्धित समाचार