ASEZ काे"आशा दिने च्यालेन्ज" मार्फत स्वयंसेवा कार्यक्रम सम्पन्न (फिचरसहित)

21.2k Shares

हेटाैँडा ।  परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालयका विद्यार्थीहरूको स्वयंसेवक समूह ASEZ ले विभिन्न क्षेत्रहरूमा सेवाका कार्यहरू गर्दै आएको छ । यसै परिप्रेक्ष्यमा विभिन्न सेवाका गतिविधि मध्ये "आशाको च्यालेन्ज" अन्तर्गत परमेश्वरको मण्डली हेटौडाको ASEZ द्वारा आज साेमबार रातो माटे अवस्थित दिव्य सेवा निकेतन आश्रममा रहेका 'बुबा आमा! हजुरहरु एक्लो हुनु हुन्न, हामी पनि हजुरहरूको साथमा छौ' भन्ने "आशा दिने च्यालेन्ज" मार्फत स्वयंसेवा कार्य सम्पन्न गरेकाे छ।

हिजोआज प्रेम सेलाउदै गइरहेको अनि बुबाआमाहरूलाई आदर गर्नुपर्छ भन्ने भाव हराउदै गइरहेको वर्तमान संसारमा विद्यार्थीहरूले वृद्ध आश्रममा बुबाआमालाई खाजा खुवाएर,टोपी र मोजा पनि उपहार प्रदान गर्नुभएर आमाको न्यानो माया प्रदान गर्नुभो । स्वयंसेवक विद्यार्थीहरूले माताको प्रेमको मन लिएर आश्रममा भएका बुवाआमाहरुलाई, हात, खुट्टामा मसाज गरी, कपाल कोरी बुबा आमालाई खुशी दिँदै सँगै नाच्नु भएर बुबा आमालाई सेवा गर्नुभयो। 

कार्यक्रममा दिव्य सेवा निकेतन आश्रमस्थलका संस्थापक तेजराम निरौला साथै पूर्व सांसद केदार न्यौपानेकाे पनि उपस्थिति हुनुहुन्थ्याे। अतिथीहरूले विद्यार्थीहररूकाे सेवा कार्य प्रशंसनीय भएकाे उल्लेख गर्नुभयाे। युवा अवस्थादेखिनै बुबाआमाप्रतिको आदर र सेवाको भाव साँच्चै राम्रो र उत्कृष्ट रहेकाे भन्नुहुँदै Asez ले गरको कार्यको खुलेर सबैले प्रशंसा पनि गर्नुभयो। ASEZ को पूरा रूप चाहिँ  Save the Earth from A to Z हो अर्थात् सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔ भन्ने हो । 

परमेश्वरको मण्डली चाहिँ १७५ वटा देशका ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा स्थापित भएको, अनि ३७ लाख जना जति सदस्यहरू आबद्ध यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, उद्धार, शैक्षिक सहयोग जस्ता स्वयंसेवाका गतिविधिहरू २९,००० पटकभन्दा बढी गर्दैआएको छ । यसले नेपाल देशभित्र अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा कोशी प्रदेश दमकको श्री जनचेतना आधारभूत विद्यालयलाई १०० वटा स्कुल झोला वितरण गरेको थियो । साथै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा पनि शैक्षिक प्रयोजनका कम्प्युटर वितरण, वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण आदिद्वारा आशा बाँड्ने कार्य गर्दै आएको छ । सन् २०१५ मा महाभूकम्प जाँदा परमेश्वरको मण्डलीले ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धार कार्यमा  कडा प्रयत्न गर्दै हिमालयको उच्च पहाडी गाउँमा भएका १,००० घर परिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको थियो। साथै २ ठाउँका प्राथमिक विद्यालयहरूमा कक्षाकोठा पुनर्निर्माण गर्ने कार्य समेत गरिसकेकाे छ ।

a.jpgb.jpgc.jpgd.jpge.jpgf.jpgg.jpg1.jpeg2.jpeg7.jpeg6.jpeg5.jpeg4.jpeg3.jpeg

सम्बन्धित समाचार