काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलन उमेर हदबन्दी विवादका कारण ‘भद्रगोल’ भएको छ । उमेर हदबन्दी विवादका कारण १७ पुसमा गर्ने भनिएको निर्वाचन हुने कि नहुने भन्ने अन्योलसमेत बढेको छ ।
यसअघि अखिल क्रान्तिकारीको अधिवेशन १० असोजमा उद्घाटन भएर स्थगित भएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको अधिवेशन नेतृत्व चयन नगर्दै विवादका कारण स्थगित भएको थियो । उमेर हदबन्दी विवादका कारण स्थगित भएको अधिवेशन सम्पन्न गर्न नेताहरूले पहल गरिरहेका छन् ।
अखिल क्रान्तिकारीमा नेताहरूको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको थियो । विवाद भएपछि स्थगित अधिवेशन सम्पन्न गर्न उमेर हदबन्दीका ’boutमा निर्णय गर्न निर्वाचन भयो । तर, त्यसको मत परिणामलाई लिएर अहिले पनि विवाद रहेको छ । विवाद भएपछि आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले निर्वाचनबाट जुन परिणाम आएको हो, सोहीअनुसार अगाडि बढ्न निर्देशन दिएको छ ।
विद्यार्थी संगठनमा उमेर हदबन्दी राख्न हुने र नहुने भन्ने विवाद रहेको छ । यसअघि पनि यस्तो विवाद देखिएकाले पार्टीले मतदानबाटै टुंगोमा पुग्न निर्देशन दिएको थियो । अधिवेशनमा उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानसमेत भएको थियो ।
३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा भएको निर्वाचनको मत परिणाम’bout निर्वाचन आयोगले शनिबार राति नै विज्ञप्ति जारी गरी स्थगित गरेको थियो । शनिबार भएको मतदानमा ३२ वर्ष उमेर हद लगाउनुपर्छ भन्ने र लगाउनुहुँदैन भन्ने पक्षबीच विवाद हुँदा मत परिणाम घोषणामा ढिलाइ भएको हो ।
तर, निर्वाचन समितिका सदस्य रहेका संगठनका पूर्वअध्यक्ष हिमाल शर्माले मत परिणाम जोड्ने काम भइरहेकाले आइतबार रातिसम्ममा सार्वजनिक गरी सोहीअनुसार अखिलको उम्मेदवारी दर्ता र नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गर्ने जनाएका छन् ।
गुल्मी, बाजुरा, बैतडी र मोरङमा भएको मतदानको परिणामलाई लिएर अखिलभित्र नयाँ विवाद भएको छ । ३२ वर्ष उमेर हदका पक्षवालाहरूले शनिबार सबै जिल्लाको मत गणना गरेर सकिएकाले मत परिणाम घोषणा गर्नुपर्ने भन्दै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नाराजुलुससमेत गरेका छन् ।
उमेर हद लगाउनुपर्छ भन्ने विद्यार्थीहरूले आफूहरूले ११ मतले जितेकाले पार्टीबाट निर्वाचन गराउने जिम्मेवारी पाएकाले नै धाँधली गरेर मत परिणाम घोषणा गर्न रोकेको जनाएका छन् । ‘पार्टी उपमहासचिव शक्ति बस्नेत, विद्यार्थी इन्चार्ज हिमाल शर्माले नै उमेर हदको विपक्षमा लबिङ गर्नुभयो, जसका कारण मत परिणाम रोकिएको हो, विवाद भएपछि उहाँहरूले नै पार्टी गुहार्नुभएको हो, अब हामीलाई हराउने त होलान्,’ एक जना विद्यार्थी नेताले भने । आजको राजधानी दैनिकबाट