इतिहासकै तातो वर्ष २०२४

11.2k Shares

पेरिस । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन । यो वर्ष इतिहासकै सबैभन्दा तातो वर्ष हो । यहाँ वातावरण र महासागरहरूमा रेकर्ड–तोड्ने तापक्रमले विश्वभर चरम मौसमका लागि इन्धनको काम ग¥यो । विश्वव्यापी तापक्रमले चरम घटनाहरूलाई कसरी प्रभावित गर्छ भन्ने ’boutको विशेषज्ञ विश्व मौसम एट्रिब्युसन (डब्लूडब्लूए)ले विगत १२ महिनामा विश्लेषण गरिएका लगभग हरेक विपत्ति जलवायु परिवर्तनद्वारा तीव्र रूपमा भएको बताएको छ ।

‘जीवाश्म इन्धनको तापक्रम वृद्धिको प्रभाव सन् २०२४ मा भन्दा बढी स्पष्ट वा विनाशकारी कहिल्यै भएको छैन, हामी एउटा खतरनाक नयाँ युगमा बाँचिरहेका छौं,’ डब्लूडब्लूए सञ्जालको नेतृत्व गर्ने जलवायु वैज्ञानिक फ्रेडेरिक ओटोले भने ।

गर्मी

जुनमा साउदी अरबमा मुस्लिम हजयात्राका क्रममा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो । त्यहाँको तापक्रम ५१ दशमलव ८ डिग्री सेल्सियस (१ सय २५ फरेनहाइट) पुगेको थियो । कहिलेकाहीँ ‘साइलेन्ट किलर’ (मौन हत्यारा) भनिने चरम गर्मी थाइल्यान्ड, भारत र संयुक्त राज्य अमेरिकामा पनि घातक साबित भयो ।

मेक्सिकोमा अवस्था यति तीव्र थियो कि रूखबाट हाउलर बाँदरहरू खसेर मरेका थिए भने पाकिस्तानले पारो ५० डिग्री सेल्सियसभन्दा माथि पुगेका कारण लाखौं बालबालिकालाई घरमै राखेको थियो । ग्रिसले आफ्नो सबैभन्दा प्रारम्भिक गर्मीको लहर रेकर्ड ग¥यो र यसको प्रसिद्ध एक्रोपोलिसलाई बन्द गर्न बाध्य तुल्यायो । युरोपको अहिलेसम्मकै सबैभन्दा गर्मीका कारण गृष्म ऋतुको सुरुवातमा भयानक डढेलो फैलियो ।

बाढी

जलवायु परिवर्तनले केवल तापक्रम मात्र वृद्धि गर्दैन, यसले महासागरहरूको तपक्रम वृद्धि हुनुका साथै तिनीहरूले बढी वाष्पीकरण गर्छन् र तातो हावाले बढी आद्र्रता सोस्छ । यो भारी वर्षाका लागि अस्थिर सूत्र पनि हो । अप्रिलमा संयुक्त अरब इमिरेट्समा एक दिनमा २ वर्षबराबरको वर्षा हुँदा मरुभूमि–राज्यका भागहरूलाई समुद्रमा परिणत ग¥यो र दुबईको अन्तर्राष्ट्रिय विमानस्थललाई अवरुद्ध ग¥यो । केन्या एक पुस्ताकै सबैभन्दा ठूलो खडेरीबाट मुक्त हुन नपाउँदै दशकौंकै सबैभन्दा खराब बाढीले पूर्वी अफ्रिकी राष्ट्रमा लगातार विपत्तिहरू निम्त्यायो ।

ऐतिहासिक बाढीले पश्चिम र मध्य अफ्रिकामा १ हजार ५ सयभन्दा बढी मानिसको ज्यान लिएपछि ४० लाख मानिसलाई सहायताको आवश्यकता परेको थियो । युरोप विशेषगरी स्पेनले ठूलो वर्षाको सामना गर्दा घातक बाढी निम्तियो । सन् २०२४ मा अफगानिस्तान, रुस, ब्राजिल, चीन, नेपाल, युगान्डा, भारत, सोमालिया, पाकिस्तान, बुरुन्डी र संयुक्त राज्य अमेरिकामा भीषण बाढी आएको थियो । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार