कास्की प्रहरीले रवि लामिछानेसहित चार जनालाई अदालत उपस्थित गरायो

10.8k Shares

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ । यो मुद्दामा अदालतले हिजोदेखि छबी जोशीसँग बयान लिन शुरू गरेको छ । न्यायाधीश नीतिज राईको इजलासमा हिजोदेखि बयान शुरू भएको हो ।

आज जोशीको बयान चलिरहेको र उनको बयान सकिएपछि अरूको शुरू हुने अदालतले जनाएको छ । मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परेको छ भने पार्टीले पनि कार्यवाहक सभापति तोकेको छ ।

सम्बन्धित समाचार