वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन सुझाव

10k Shares

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलले स्वास्थ्य परीक्षणलाई विश्वसनीय बनाउन सुझाव दिएको छ ।

कार्यदलले स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने तथा स्वास्थ्य संस्थालाई ‘डिजिटलाइट’ गर्ने विषयमा सुझाव दिएको हो ।

यस्तै, उपकरणको गुणस्तर तथा शुद्धता वृद्धि, नसर्ने रोग र पेसागत स्वास्थ्य, श्रमिकको स्वास्थ्य समस्यालाई वर्गीकरण गरी ‘क्लस्टरिङ’ गर्ने, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श र स्वास्थ्य साक्षरतालाई स्वास्थ्य परीक्षणको प्रक्रियासँग जोड्ने विषयमा पनि सुझाव दिएको छ ।

कार्यदलले गन्तव्य देशको कूटनीतिक नियोग र दूतावासले खेल्नुपर्ने भूमिका, नीति तथा कानूनी व्यवस्थामा गर्नुपर्ने संशोधन र सङ्घीय संरचनामा स्वास्थ्य परीक्षणको कामलाई व्यवस्था गर्नेलगायत विषयमा पनि ध्यान दिन सरकारलाई भनेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने धेरै स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको भन्दै कार्यदलले गन्तव्य देशको माग तथा आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसैअनुसार मेडिकल रिपोर्टलाई एकरूपता प्रदान गरी मेडिकल रिपोर्ट उपलब्ध गराउन सुझाव दिएको छ ।

सम्बन्धित समाचार