काठमाडौं, १० भदौ । तरुण नेता तथा किक बक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन बिनोद महर्जन तरुण विभागको बागमती प्रदेश सचिवमा मनोनित भएका छन् ।
महर्जनलाई बागमती प्रदेश संयोजक पदमनारायण तिमल्सिनाको सिफारिसमा नेपाली कांग्रेस तरुण विभाग प्रमुख, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री शंकर भण्डारीले बुधबार मनोनित गरेका छन् ।
ललितपुर जिल्लामा हुने कांग्रेसको जुनसुकै कार्यक्रममा पनि महर्जन अग्रपंक्तिमा रहने गरेका छन् । महर्जन २०६२÷६३ को लोकतान्त्रिक आन्दोलनमा खेलाडीको नेतृत्व गरी आन्दोलनमा होमिँदा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते समेत भएका थिए ।
महर्जन ललितपुरमा लोकप्रिय मानिन्छन् । बागमती प्रदेश सदस्यमा किक बक्सिङ खेलाडी सरोजकुमार श्रेष्ठ र सुनिल महर्जन पनि मनोनित भएका छन् ।