समाज
कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नेतृत्व सर्वसम्मत
मंसिर २८, २०८१ शुक्रबार १३:३२:३ | उज्यालो सहकर्मी
FacebookTwitterViberEmailPrintFriendlyShare
unn.prixa.net
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ, कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नयाँ नेतृत्व सर्वसम्मत भएको छ । आज भएको अधिवेशनले अर्जुन पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको अध्यक्षमा अर्जुन पोख्रेल, उपाध्यक्षमा शिल्भिया राजोपाध्याय, सचिवमा दामोदर न्यौपाने, कोषाध्यक्षमा महेश ज्ञवाली र सदस्यमा विकास लामा तामाङ सर्वसम्मत हुनुभएको हो । यस्तै केन्द्रीय प्रतिनिधिका रूपमा मिलन तिमिल्सिना र प्रदेश प्रतिनिधिका रूपमा दिनेश निरौला र अच्युत घिमिरे पनि निर्विरोध हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक मन्टेश्वरी राजभण्डारीले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको नेतृत्व सर्वसम्मत भएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको छ ।