गृहमन्त्रीको ध्यान जाओस् सिराहामा, सशस्त्र प्रहरीले खुलायो तस्करीको लाइन

18k Shares

लाहान । तीन दिन अघि गृहमन्त्री बालकृष्ण खांडले सशस्त्र प्रहरी बल मुख्यालय हलचोकको निरीक्षण गरी निर्देशन दिने क्रममा भनेका थिए ।
सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारी सिमा सुरक्षासंँगै चोरी तस्करी नियन्त्रण पनि हो । तर गृहमन्त्रीको निर्देशन किन मान्नेवाला थिए सशस्त्रका सीमावर्ती जिल्लाका गणपतिहरूले ।
त्यसको एउटा ज्वलन्त उदाहरण अहिले सिराहामा सशस्त्रका एसपी दिपेन्द्र गिरीले खुलाएको तस्करी लाइनले उजागर गरेको छ । सरूवाको मुखमा रहेका एसपी गिरीले मोटो रकम दिने केही तस्करहरूलाई नाका नै तोकेर तस्करीको लाइन दिएका छन् र तस्करबाट रकम उठाउने काम उनले परिचालन गरेका घुमुवाहरूले गरिरहेका छन् ।
समाचारमा भएका तस्बिर एसपी गिरीका अलवा उनले परिचालन गरेका घुमुवाहरू जवान अभिनाष सिंह, हवल्दार गोकुल दाहाल र बरिस्ठ हवल्दार बसन्त लामाको हो । एसपी गिरीले तस्करीको लाइन दिएकाहरूमा वरियारपट्टीबाट देवेन र दिपेन मुख्य छन् ।
उनीहरूले सूर्ति र पान मसलाको ठूलो कारोवार गरिरहेका छन् । त्यसैगरी माडरबाट तस्करीको लाइन पाउनेहरूमा उमेश हार्डवेयर र सतिस कपडा रहेका छन् । उनीहरूले दैनिक करोडौंको सामान भन्सार छलेर ल्याउने गरेका छन् । यसैगरी इनर्वा ÷ ठांडीबाट तस्करीको लाइन पाउनेमा सत्यनारायण रक्सी र  कपडा छन् । नवराजपुर तस्करीको लाइन पाउनेमा राजिव स्याउ, अशोक कपडा र उमेश स्याउ रहेका छन् ।
एसपी गिरीले घुमुवा परिचालन गरेर रकम त उठाएकै छन् यस बाहेक मातहतका बिओपी र बेशहरूबाट समेत मासिक रकम उठाउने गरेको खुलेको छ । आफुले भनेजति रकम मासिक रूपमा नबुझाएको कारण अरू आरोप लगाएर बिओपी इनर्वा ÷ठांडीका सशस्त्र प्रहरी निरीक्षक राजन अर्याललाई गणमा तानेका छन् भने माडर बिओपीका निरीक्षक लोकनाथ उप्रेतीलाई ठिक अर्यालको जस्तै चार्ज लगाएर गणमा तानेका छन् ।
त्यसैगरी बिओपी लगडी गडियानी बिओपीका सई जितेन्द्र साहलाई त्यसरी नै भनेजति रकम नदिएपछि गणमा ताने पनि भनेजति रकम बुझाए पछि फेरि सोही बिओपीमा फिर्ता गरिएको छ । यसरी एसपी गिरी  र उनले परिचालन गरेका घुमुवाहरूले चलाएको तस्करी धन्दा गृहमन्त्रीसम्म पुगोस् भन्ने स्थानीय बासिन्दा बताउँछन् ।

सम्बन्धित समाचार