५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

10.4k Shares

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।

निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनका लागि उक्त परिमाण बराबर तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्छ । जसले बजारमा अधिक रहेको तरलता प्रशोचन हुन्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संलन गर्न सकिने व्यवस्था पनि छ । जसलाई स्थायी निक्षेप सुविधा पनि भनिन्छ । राष्ट्र बैंकले तरलता प्रशोचनका लागि दुवै विकल्प प्रयोगमा ल्याएको छ ।

आइतबार २१ दिनका लागि ५० अर्ब निक्षेप बोलकबोल हुने भएको छ । जसका लागि दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सकिने छ । उक्त उपकरणमा लगानी गर्नेले साँवा र ब्याज ७ पुसमा पाउनेछन् ।

सम्बन्धित समाचार