ग्रामथानमा दुई घण्टामा ९ प्रतिशत मतदान

11.2k Shares

विराटनगर - गाउँपालिका अध्यक्षका लागि उपनिर्वाचन भइरहेको मोरङको ग्रामथानमा २ घण्टामा ९ प्रतिशत मतदान भएको छ । 

सहायक निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार दुई घण्टामा ९.३ प्रतिशत मत खसेको हो । हालसम्म २४६० मत खसेको उनले जानकारी दिए ।

बिहान ७ बजेबाट मतदान शुरू हुने भनिएपनि ग्रामथानमा भने केही ढिलागरी शुरू भएको थियो । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार