सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो

10.8k Shares

काठमाण्डौ – सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा चार सय रुपैयाँले घटेर तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार