11.7k
Shares
काठमाडौं । प्याजको भाउ किलोको १ सयभन्दा तल झरेको छ ।
दुई दिनअघि कालीमाटी बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको प्याज अहिले ९५ रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । आलुको भाउ केही दिनदेखि स्थिर छ । रातो आलु ७०, भारतीय रातो आलु ६५, सेतो आलु ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
समितिका अनुसार आइतबार सानो गोलभेँडा तथा घिउ सिमी केही महँगिएको छ । कालीमाटीमा स्थानीय सानो गोलभेँडा ९५, टनेल सानो गोलभेँडा १२०, ठूलो गोलभेँडा १००, तथा तराईको सानो गोलभेँडा अधिकतम १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।