काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार र सेवानिवृत्त लेफ्टिनेन्ट जनरल किथ केलोगलाई रुस-युक्रेन मामिला विशेष दूत नियुक्त गर्ने घोषणा गरेका छन्।
केलोगले युक्रेनमा युद्ध अन्त्य गर्न वार्तामा मुख्य भूमिका खेल्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
ट्रम्पले पदभार सम्हालेकै दिनमै यो युद्ध अन्त्य गर्ने वाचा गरेका थिए, यद्यपि उनले यस सम्बन्धमा थप जानकारी दिएका छैनन् । केलोग रुस र युक्रेनसँग युद्ध अन्त्य गर्न वार्ताका समर्थक थिए ।
यस महिनाको शुरूमा फक्स न्यूजसँगको अन्तर्वार्तामा केलोगले ट्रम्पको दोस्रो कार्यकालमा सबैभन्दा ठूलो चुनौती युद्ध अन्त्य गर्नु भएको बताएका थिए ।
केलोगको प्रस्ताव युक्रेनलाई रसियासँग शान्ति वार्तामा सामेल हुन दबाब दिने र त्यस अवस्थामा किभलाई अमेरिकी सहयोग दिने हो ।