कोठा खोज्ने बहानामा लुटपाट

17.9k Shares

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण दैनिक ज्याला मज्दुर गरेर जिविकोपार्जन गर्नेहरु बेरोजगार बनी पेट पाल्न समेत धौ—धौ परिरहेको अवस्था सिर्जना हुन थालेपछि गलत बाटो अप्नाउन थालेका छन् । 

विशेष गरी निम्न वर्गको व्यक्ति, लागू औषध प्रयोगगर्ताहरुले पछिल्लो समय विभिन्न बहाना बनाउँदै लुटपाट र चोरीका घटनाहरु घटनाउन थालेका छन् । यस्तै प्रकृतिको घटना काठमाडौंको कपन एरियामा घटेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन आकाशेधारामा एक व्यक्तिले कोठा भाडामा खोज्ने बहानामा घरबेटीले लगाएको सिक्री लुटपाट गरेको घटना घटेको छ । सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नं. २ तातोपानी स्थायी घर भएका अन्जित सुवेदीले कोठा खोज्ने बहाना बनाउँदै घरबेटीको सिक्री लुटपाट गरेका थिए । सिक्री लुटपाट गरेपछि घरबेटीले हारगुहार गरेपछि स्थानीय र प्रहरीको सहयोगमा लुटेरा सुवेदी पक्राउ परेका थिए । पक्राउ परेका सुवेदीलाई कपन प्रहरी प्रभागले आइतबार दिउँसो ३ बजे पक्राउ गरी आवश्यक कारबाहीको लागि बौद्ध प्रहरी परिसरमा पठाएको कपन प्रभावकी प्रमुख भगवती तिमल्सिनाले बताइन् । 
स्मरणीय छ, यसअघि पनि सो क्षेत्रमा घरेलु मदिरालगायत जुवा अखडाहरु संचालनमा आएका थिए । इन्स्पेक्टर भगवती कपन क्षेत्रको प्रमुख बनेर आएपछि नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । 

सम्बन्धित समाचार