काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वंशीधर मिश्रले पार्टीको एउटा समूह एमालेमा जाने सम्भावना रहेको बताएका छन् ।
उनले सकेसम्म पार्टी एकता गर्ने र त्यो सम्भव नभए शीर्ष नेताहरुबाहेक अरु एमालेमा जाने सम्भावना रहेको बताएका हुन् ।
‘निराश साथीहरुले अलग पार्टी बनाउनेतिर नजालान् भन्नसक्ने अवस्था छैन । जान सक्छन् । टप लेभलमा कुरा मिलेको छैन पार्टी एकताका लागि । हामी पर्ख र हेरमा छौं’, मिश्रले भने, ‘सकेसम्म सिंगो पार्टी नै एकीकरण गर्ने प्रयास गर्ने । यदि त्यो सम्भव भएन भने शीर्ष नेताहरु बाहेक हामी एमालेमा जाने सम्भावना नजिक छ ।’
उनले एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको बताए । ‘हामी जुन कारणले फुटेको हो त्यो कारणलाई हल गरेर यो पार्टी एकीकरण गर्नुपर्छ’, मिश्रले भने ।