प्रसाई राखेपको तालिम तथा प्रशिक्षण विभागको निर्देशक बनेपछि खेलकुद क्षेत्रका भाइरसहरुको रोइलो

36.8k Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी सोभित राज प्रसाईलाई राष्ट्रिय खेलकुद परिषदले दिएपछि खेलकुदका भाइरसहरुको रोइलो हुन थालेको पाइएको छ । 
खेलकुद क्षेत्रका भाइरसहरुले अब खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको भविष्यलाई लिएर सधैव चिन्तित बन्दै आएका सोभित राज प्रसाईको विभिन्न संचार माध्यममा अनर्गल प्रचारप्रसार गरी काम गर्ने वातावरण नबनाउन चलखेल सुरु गरिसकेको खेलाडी तथा प्रशिक्षकहरुले खोजतलासलाई गुनासो पोखेका छन् । 
झण्डै तीन दशक अगाडिदेखि करातेको प्रशिक्षकको भूमिका निर्वाह गरी हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेका प्रसाईको विषयलाई लिएर खेलकुद क्षेत्रका भाइरसहरुले मन्त्रीको नाम जोडेर गलत अफवाह फैलाउँने उद्देश्यले सामाजिक सञ्जाल र केही संचारमाध्यमा समाचार लेख्ने कामसमेत गरेकोप्रति खेलकुद क्षेत्रका हस्तीदेखि लिएर खेलाडीहरुसमेत आश्चर्यमा परेका छन् । 
राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागको निर्देशक बन्ने हकदारको रुपमा सोभितराज प्रसाइनै भएको खेलाडी तथा खेलकुद क्षेत्रका हस्तीहरुको भनाई रहेको छ । प्रसाईले २०५० सालमै करातेको सहायक प्रशिक्षक बन्नुका साथै २०५२ ससालमा अधिकृत तृतीयको नियुक्त प्राप्त गरेका सिनियर कर्मचारी सायद राष््िट्रय खेलकुद परिषदमा नभएको कर्मचारीहरुले नै बताउने गरेका छन् । 
प्रसाईलाई यो कार्यकालभन्दा अगाडि नै राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागको निर्देशक दिनुपर्ने थियो । तर, नेपालको घृणित राजनीतिका कारण र खेलकुद क्षेत्रका भाइरसहरुको हस्तक्षेपका कारण प्रसाईलाई पछाडि पार्दै आइरहेको इमान्दार कर्मचारी र खेल क्षेत्रका हस्तीहरुले विभिन्न सामाजिक सञ्जालहरुमा बताइरहेका छन् । 
खेलकुद क्षेत्रलाई राम्रोसँग बुझेका र खेलाडीहरुको विगतदेखि नै मनोबल बढाउन महत्वपूर्ण भूमिका निर्वाह गदै्र्र आइरहेका प्रसाई राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त हुनुले नेपालले अब खेलकुद क्षेत्रमा फड्को मार्ने सम्भाबना बलियो भएको प्रशिक्षकहरुको भनार्ई रहेको छ । 
प्रसाई खेलकुद क्षेत्रमा लागेर नेपालको अन्तर्राष्ट्रिय पदक दिलाएर नेपालको नाम अन्तर्र्राष्ट्रिय क्षेत्रमा चिनाउँदै गर्दा राष्ट्रिय खेलकुद परिषदको निर्देशक बन्न नपाएर मिडियाबाजी गरिरहेका खेलकुद क्षेत्रका भाइरसको रुपमा परिचित भइसकेका खेलाडीहरु खेलकुदमै लागेका थिएनन् । जसले राष्ट्रिय खेलकुद परिषदको तालिम तथा प्रशिक्षणको निर्देशक दाबी गरेका छन् ती व्यक्तिले २०५२ सालमा प्रशिक्षक नियुक्त भएका थिए । तर, प्रसाईले २०५० सालमै प्रशिक्षकको नियुक्ती पाइसकेका थिए । त्यसैबाट प्रसाई सिनियर भएको प्रमाणित हुन्छ ।

सम्बन्धित समाचार