काठमाडौं । नेपालकै नम्बर एकको रुपमा रहेको र नेपाललाई विश्वसामु चिनाउने कराते खेलमा करिव साँढे चार दशकदेखि निरन्तर रुपमा कराते खेल, विकाश–विस्तार र प्रवद्र्धनमा सदैब तत्परता देखाई लागिपरेका करातेका चिफ कोचसमेत भइसकेका बरिष्ठ प्रशिक्षक शोभित प्रसाई नेपाली खेलकुदमा नौलो नाम होईन । हक्की र स्पष्ट वक्ताको रुपमा परिचित प्रसाईले आफ्नो खेल जीवनमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा राष्ट्रका लागि पदक दिलाई सकेका कराते खेलको हस्तीको रुपमा आफूलाई परिचित बनाइसकेका छन् ।
प्रसाई कराते खेलका मात्र नभई खेलकुद क्षेत्रकै हस्तीको रुपमा परिचित छन् । आगामी भाद्र १८ गते तालिम तथा प्रशिक्षणका निर्देशक प्रचन्द्र शर्माले अवकाश पाउँदै छन् । शर्माको अवकाशसँगै सो पदका लागि अन्यले दावेदार गरे पनि सोभित प्रसाईसँग खासै अन्यको तुलना गर्न मिल्दैन । प्रसाई खेलकुद क्षेत्रका हस्ती र खेलकुदलाई राम्रोसँग बुझेका र विगतमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कमाण्डरको रुपमा सफलतापूर्वक काम गरिसकेका व्यक्ति पनि हुन् ।
खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा बि.स.२०५० सालदेखि करार सेवामा प्रवेश गरेका प्रसाई बि.स. २०५२ सालमा स्थायी नियुक्ती भएका थिए । बिगतमा कराते खेलको प्रमुख प्रशिक्षकको भुमिकामा समेत ३ बर्ष आफ्नो सफल भुमिका निर्वाह गरिसकेका प्रसाईको अवको यात्रा तालिम तथा प्रशिक्षण विभागको निर्देशकको रुपमा रहेको खेल जानकारहरु वताउछन् ।
राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको तालिम तथा प्रशिक्षण विभागमा यही भाद्र १८ गतेपछि निर्देशकको पद रिक्त हुँदैछ । राष्ट्रिय खेलकुद परिषदमा बिगत १७ बर्ष देखि नायव वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत प्रसाई सिनियर तथा खेलकुद भित्रको तालिम तथा प्रशिक्षण बिभागको निर्देशकको रुपमा पदस्थापना भए खेलकुदलाई न्यायोचित हुने खेलकुद क्षेत्रका जानकारहरु वताउछन् ।