नागढुंगामा पहिरो खसेर दुईतर्फी सवारी अवरुद्ध

13.4k Shares

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । नागढुंगाबाट करिब ३ सय मिटर तल खसेको पहिरोका कारण दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।

पहिरो खस्ने क्रम नरोकिएको नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले बताए । माथिबाट माटो र  ढुंगा खस्न रोकिएपछि पहिरो पन्छाउने गरी दुवैतर्फ डोजर तयारी अवस्थामा राखिएको छ । 

 
सम्बन्धित समाचार