यस्तो छ सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम

16.2k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले मर्यादाक्रमअनुसार क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल रहनुभएको जानकारी दिनुभयो । 

प्रवक्ता भट्टराईका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी रहनुभएको छ । त्यसपछि क्रमशः परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी हुनुहुन्छ । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार