चीनको एक सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

19.1k Shares

काठमाडौँ– चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ सहरमा रहेको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास कारण भने खुल्न नसकेको बताइएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित फुटेजमा १४ तले भवनमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखाइएको छ।

सम्बन्धित समाचार