मन्त्री छनोटमा कांग्रेसभित्र आफ्नै गुटसँग नेताहरूको असन्तुष्टि चुलियो

14.7k Shares

काठमाडौं । १० मन्त्रालयसहित सरकारमा सहभागी नेपाली कांग्रेसभित्र मन्त्री छनोटका विषयमा असन्तुष्टि चुलिएको छ ।  मन्त्री छनोटका क्रममा गुटबाट नाम टुंग्याएर अन्तिममा हटाइएकाहरू आफूमाथि अन्याय भएको बुझाइमा छन् । 

मन्त्रीका निम्ति बहसमै नपरेकाले नेतृत्वले न्याय गर्ने विषयमा शंका गर्दै छन् ।  कतिपय नेताहरू भने सरकार गठन गर्दा दलित समुदायमाथि ‘प्रतिगमन’ भएको निष्कर्ष निकालेर बसेका छन् ।

कांग्रेसबाट मन्त्री बन्नेमा संस्थापनइतर अर्थात् डा। शेखर कोइरालाको समूहमा सहमहामन्त्री जीवन परियारको नाम पनि चर्चामा थियो ।  अन्तिम समयमा नाम हटाइँदा उनी डा। कोइरालासँगै पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । यस विषयले कांग्रेसको सिंगो दलित समुदाय नै रुष्ट छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही दलित समुदायमाथि प्रतिगमन भएको टिप्पणी गर्छन् ।  उनी वर्तमान प्रधानमन्त्री एवं नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली सधैँ समावेशी, समानुपातिक व्यवस्थाको विरोधी रहेको आरोप लगाउँछन् । 

मन्त्री बनाउने अन्तिम सूचीमा नाम परेको भन्दै सार्वजनिक गरेर नबनाइएका नेताहरू झन् धेरै असन्तुष्ट छन् । कांग्रेसको संस्थापनइतर समूहले मन्त्रीमा सिफारिस गरेर अन्तिममा हटाइएको नाम हो, हृदयराम थानी ।

उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्लाका नेतासमेत रहेका थानीको नाम अन्तिम समयमा हटाइएको थियो । थानीले आफ्नो नाम काट्न क कसले कस्तो भूमिका निर्वाह गरे भन्दा पनि आफ्नै समूहका नेता डा। शेखर कोइराला किन अड्न सकेनन् भन्ने प्रश्न खडा भएको बताउँछन् ।

उता संस्थापन समूहबाट पनि सहमहामन्त्री किशोरसिंह राठोरको नाम अन्तिमसम्म चर्चामा रहेर हटेको थियो । राठौर आफ्नो नाम किन हटाइयो भन्ने आफू जानकार नभएको बताउँछन् । उनी त आफूलाई त यसकारण परिनस् भनेर पनि कसैले जानकारी नदिएको बताउँछन् । 

सम्बन्धित समाचार