काठमाडौं । जनताको जिउधनको सुरक्षाका साथै शान्ति सुरक्षाको जिम्मेवारी बोकेको नेपाल प्रहरीले भनसुन र शक्तिको भरमा पीडकलाई उन्मुक्ति दिनुका साथै पीडितको घाउमा नुनखोर्सानी छर्ने काम गरेको पाइएको छ ।
यसरी नुनखोर्सानी छर्ने काम ललितपुर प्रहरी परिसर जावलाखेलका प्रहरीले गरेको पाइएको हो । गत असार ३१ गते ललितपुरको कुपण्डोलको गुसीगांलमा बेलुकी ९ः४५ बजेतिरको घटना हो । केही दिन अगाडि रौतहटबाट काठमाडौं आएकी नाम परिवर्तित (गीता) आफ्नो श्रीमान, देवरसँग कोठामा बस्दै गरेकी थिइन् । ‘कोठमा देवर र म बसिरहेको अवस्थामा श्रीमान नभएको मौका छोपी दुई तिन जनाको समूहमा आएका युवाहरुले मेरो संवेदनशील अंगहरुमा छामछुम गर्नुका साथै साडी जबरजस्ती तान्दै बलात्कारको प्रयास गर्नुका साथै निर्घात कुटपिट गर्न थालेपछि आफूले प्रतिकार गर्दै हारगुहार गरी चिच्याएपछि छिमेकीहरुले थाहा पाएर मलाई बलात्कृत हुनबाट जोगाएको गीताले बताइन् । छिमेकीहरु घटनास्थलमा आएपछि बलात्कार प्रयास गर्ने रौतहट जिल्लाका सचिन यादव, राम विश्वास यादव र एक जना नाम थाहा नभएका व्यक्ति घटनास्थलबाट भाग्न सफल भएको गिीताले बरबरर्ती आँशु चुहाउँदै खोजतलास प्रतिनिधिसँग जनाएकी छिन् ।
यस्तो जघन्य अपराध गर्नेहरुका विरोधमा नाम परिवर्तित गिताले ललितपुर प्रहरी परिसर जावलेलमा साउन १ गते किटानी जाहेरीसहित उजुरी गर्न जाँदा उल्टै जाहेरी दर्ता नगरी दिउँसभरी प्रहरी कार्यालयमै राखी पीडिकहरुलाई उन्मुक्ति दिलाउने काम गरेको घटनाले गितालाई लागेको घाउमा मल्हम लगाउनुको सट्टा झन नुनखोर्सानी छर्ने काम ललितपुर प्रहरीले गरेको छ ।
नाम परिवर्तित गिताले सचिन यादव, राम विश्वास यादवको किटानी जाहेरी दर्ता गराउन हरप्रयास गर्दा पनि प्रहरीले वेवास्ता गर्दै उल्टै पीडकलाई उन्मुक्ति दिने काम गरेको गुनासो खोजतलासको कार्यालयमै आएर गरेकी छिन् । आफूले जसरी पनि न्यायको ढोका ढक्ढकाउने उद्देश्यले ललितपुर सिडिओ, सरकारी वकिलको कार्यालयमा समेत गई आफू अन्यायमा परेको गुनासो पोखेको गीताले बताएकी छिन् ।
यस विषयमा किन किटानी जाहेरी दिँदा पनि मुद्दा दर्ता भएन र वास्तविक घटना के हो भनी जानकारी लिनको लागि जावलाखेल प्रहरी परिसरका प्रमुख एसएसपी शेखर खनाललाई ९८५१२२५५५५ मा घटनाको बारेमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।