माओवादी नेतृ पम्फा भुषाललाई मातृ सोक

20.4k Shares

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य एवम् पूर्व मन्त्री तथा ललितपुर क्षेत्र नं. ३ की संघीय सांसद पम्फा भुषाललाई मातृ सोक परेको छ ।


आज बिहान ७ बजे आफ्नै निवासमा इन्द्रकला भुषालको ९३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।


मृतक इन्द्रकुमारी भुषालको एक छोरा र नेतृ भुषालसहित ६ छोरी रहेका छन् । मृतक इन्द्रकुमारी भुषाल लामो समय पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराई सामान्य अवस्थामा चार दिन अगाडि मात्र डिस्चार्ज गरिएको थियो ।

अचानक आज बिहान ७ जे उहाँको स्वास्थ्यमा समस्या आई आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको आत्माको चिर शान्तिका साथै बैकुण्ठबास कामना गर्दै सोक सन्तप्त परिवारजनप्रति श्री पशुपति नाथले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी खोजतलास मिडिया प्रा.लि. हार्दिक समवेदना व्यक्त गर्दछ ।

 

सम्बन्धित समाचार