वीरगन्ज । अविरल वर्षा, मस्त निद्रामा रहेका यात्रु अनि आफ्नै गतिमा गन्तव्यतर्फ चलिरहेको यात्रुबस त्रिशूलीमा डुब्दा वीरगन्ज–काठमाडाँै रुटको बसमा सवार एकै परिवारका तीनसहित १४ जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोमा परी पर्साका १४ जना बेपत्ता भएका हुन् ।
पर्साको रङ्गपुरबाट वीरगन्ज हुँदै काठमाडौँका लागि छुटेको प्रदेश ३–०१००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार २४ मध्ये १४ जना पर्साकै हुन् । २१ जना यात्रु र तीन जना बसका कर्मचारी गरी २४ जना सवार यात्रुबस शुव्रmबार बिहान साढे तीन बजे पहिरोको लेदोसँगै बगाएको हो ।
शोकाकुल छन् परिवार
सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवका अनुसार सखुवा प्रसौनी गाउँपालिका–२ जमुनियाका हृदयनारायण चौधरी थारू, उहाँकी पत्नी भगवती थरुनी र छोरी चन्द्रप्रभा बससँगै बेपत्ता हुनुभएको छ । उहाँका अनुसार उक्त बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका–३, कटैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता हुनुभएको छ । आजको गोएखापत्र दैनिकबाट