नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम चयन

15.6k Shares

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता श्रेष्ठ (चौधरी)लाई हटाएका छन् ।

अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका छन्।

प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । जसमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी (रेशम चौधरीका बुबा)ले श्रेष्ठलाई दलको नेताबाट हटाएका हुन् ।

गंगा चौधरीलाई दलको नेता चयन गरेपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिइएको छ ।

लालवीरले खबरहबसँग भने, ‘पार्टी गलत ढङ्गबाट अगाडि बढ्न खोजेपछि हामीले यो कदम उठाएका हौँ । अब गङ्गारामजी हाम्रो दलको नेता हो भने प्रमुख सचेतकमा साथीहरुले मलाई नै प्रस्ताव गर्नुभएको छ। हामीले निर्णय गरिसकेका छौँ। आजै औपचारिक निर्णय आउँछ ।’

सम्बन्धित समाचार