काठमाडौँ - ‘मिस ग्राण्ड नेपाल, २०२४’ का लागि आवेदन खुला गरिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ।
कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल(२०२४’मा सहभागी हुन पाउनेछन्। ‘यस वर्ष ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल(२०२४ घोषणा गरिएको छ,’ उनले भने, ‘प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ।’ त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल(२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ।