16.5k
Shares
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकपमा नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ ।
आईसीसीले तान्जिमलालाई म्याच फिको १५ प्रतिशत रकम काटिने गरी कारबाही गरिएको जनाएको हो ।
सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि भनाभन भएको थियो। त्यसक्रममा तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए । ताम्जिमलाई बंगलादेशका लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए ।