ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा स्वचालित जेब्रा क्रसिङ्ग भिडियो रोल ट्राफिक जनचेतना जगाउन काठमाडौँ महानगरपालिकाका नगरपालिकाले बेला बेलामा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् । पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उद्देश्यले पछिल्लो समयको विज्ञान र प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट धेरै कामहरु भइरहेका बेला स्वचालित जेब्रा क्रसिङ्ग ट्राफिक लाइटको प्रयोग बढ्दो छ ।
यो स्वचालित जेब्रा क्रसिङ्ग ट्राफिक लाइटको प्रयोग काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिकामा प्रयोग हुन थालेका बेला बिहिबार ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि गज्जबको दृश्य देखियो ।
भिडियो रोल महानगरपालिकाले बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा स्थानीयहरुलाई बाटो काट्न असहजता भइरहेको भन्दै पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिङ्ग ट्राफिक लाइटको उद्घाटन गरेको छ । सो अवसरमा स्थानीय जनप्रतिनिधिदेखि, ट्राफिक प्रहरी र स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।