काठमाडौं । न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् ।
२०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्षामा २ सय ३ जनाले परीक्षा दिएका थिए । तीमध्ये खुलामा ७ र आन्तरिकमा ४ जनाले मात्र नाम निकालेका छन् । उत्तीर्ण हुनेहरूमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाई, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, वसन्तराज जोशी र मनिराम ज्ञवाली रहेका छन् ।
आयोगले आन्तरिक, खुला, महिला, आदिवासी जनजाति, मधेसी र अपांगता भएको समूहअन्तर्गत ४३ पदका लागि विज्ञापन गरेको थियो । उत्तीर्ण हुनेहरूका लागि आयोगले ६ र ७ आसारमा अन्तर्वार्ताका लागि समय तोकेको छ ।
आयोगले आन्तरिक खुलामा २१, खुलामा १२ महिलामा ४, आदिवासी जनजातिमा २, मधेसीमा २, दलितमा १ र अपांता भएकामा १ गरी ४३ जनाको विज्ञापन गरेको थियो । तर, सो विज्ञापनमा आवेदन दिएकामध्ये खुला र आन्तरिकमा परीक्षा दिएकाहरू पास भए पनि मधेसी, महिला, जनजाति, दलित र अपांगता भएकामा एक जना पनि लिखित परीक्षामा उत्तीर्ण नभएका पाइएको छ । अब रिक्त पदमा न्यायपरिषद्ले नियुक्ति गर्नेछ ।