बाढी पीडितका लागि कलाकारहरुद्वारा २२ लाख रुपैयाँ संकलन

18.9k Shares

काठमाडौं । मेलम्ची र इन्द्रावतीका बाढी पीडितका लागि कलाकारहरुले एकैदिन २२ लाख रुपैयाँ संकलन गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावतीमा गएको प्राकृतिक प्रकोपमा कलाकारहरुले सञ्चालन गरेको ‘सिन्धु सहयोग कोष’मा पहिलो दिन (बिहीबार) करिब २२ लाख रुपैयाँ आफैंैबाट जम्मा गरिएको हास्य कलाकार जितु नेपालले जानकारी दिए ।

“हामीबाटै २२ लाख रुपैयाँ संकलन भएको छ । दीर्घकालीन सोचका साथ सम्पूर्ण कलाकर्मीहरुको एकता भएको हो । हामी मेलम्चीको पानी खानेहरुले सिन्धुलाई मलम लगाउने प्रयास गरिरहेका छौं,” जितु भन्छन्, “स्वतः स्फूर्त सहयोगका लागि सबैमा अपिल पनि पनि  गर्दछौं ।”

कोषमा करिष्मा मानन्धरले एक लाख, कृष्ण मल्लले नेपाल फिल्म सोसाइटीबाट एक लाख एक हजार, कृष्ण ढुंगानाले ५० हजार ५५५, जितु नेपालले ५१ हजार, चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार, गोपालकाजी कायस्थले २५ हजार, जनकदीप पराजुली (नेपाल चलचित्र निर्देशक समाज)ले एक लाख १ हजार, किरण के.सी÷राज के.सी ग्रुपले दुई लाख ५३ हजार, सुभाष खड्काले एक लाख, भुवन के.सीले एक लाख, सुरेन्द्र के.सीले २५ हजार, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ (नारायण प्रधान)ले २५ हजार, दीपाश्री निरौलाले एक लाख एक हजार, शिवहरी नेपालले २५ हजार ५२५, ईन्द्र दोंगले ७५ हजार, मदनदास श्रेष्ठले ५१ हजार सहयोग गरेका छन् ।

यस्तै घर निर्माणका लागि राष्ट्रिय जेष्ठ नागरिक महासंघले ५ लाख, सोभित उप्रेती दुई लाख ५१ हजार र घर निर्माणका लागि ११ लाख, मधु कुमार श्रेष्ठले ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ अजार, सुनिता दुलालले ५१ हजार ५५५ र अनु उर्मिला सेरचनले १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

‘सिन्धु सहयोग कोष’को संयोजकमा कृष्ण मल्ल छन् भने सह–संयोजक करिष्मा मानन्धर छिन् ।

कृष्ण ढुंगाना सदस्य सचिव, जितु नेपाल कोषाध्यक्ष, चेतन सापकोटा  सहकोषाध्यक्ष, किरण के.सी.सदस्य, श्वेता खड्का सदस्य, सुनिता दुलाल सदस्य, पूजा शर्मा सदस्य र भुवन के.सी सदस्य छन् ।

सम्बन्धित समाचार