चलिचत्र “सुगुप” ले जित्यो पब्लिक च्वाइस सहित चारवटा अवार्ड

16.1k Shares

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले पब्लिक चोइस अवार्ड जित हासिल गरेकाे छ । सुगुपले उत्कृष्ट छायांकन,उत्कृष्ट सम्पादन र उत्कृष्ट पार्श्व संगित गरि ४ ओटा अवार्ड हात पार्न सफल भएकाे हाे । त्यस्तै पब्लिक च्वाईस अवार्ड सहित नगद रु ३५ हजार हात पारेको छ। उत्कृष्ट छायांकन बाट युवराज राई, उत्कृष्ट सम्पादन बिपिन मल्ल र उत्कृष्ट सङ्गीत अशोक लोहोरुङले प्राप्त गर्नुभएको छ।

राजधानीको सभागृहमा ३ दिने कार्यक्रम सहित सम्पन्न चौथोँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव ०८१ को समापनको दिन उक्त अवार्ड प्रदान गरिएको हो।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्यथाको कारण ज्युँदो या मृत बच्चा जन्माउने क्रममा अथवा प्रशुती ब्यथाकै कारण  अकालमा मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन छ । सुगुप भएर मृत्युवरण गरेकी महिलालाई गरिने मृत्युु संस्कार सामान्य मृत्युमा गरिने संस्कारभन्दा केही अलग हुन्छ । सुगुप भएको महिलाको मृत्यु संस्कार गर्न येबा (बिजुवा) हरुको महत्वपूर्ण भूमिका रहन्छ ।

चोखो प्रेममा परि गरिब केटा सँग भागेकी फुङ्साको बिबाह पश्चायत माइती घरमै बस्न बाध्य हुन्छिन । कारण बिबाहमा लागेको अत्यधिक ऋण । नव बिबाहित दुलहीलाई माईतिमै छाडेर बिबाहमा लागेको ऋण , बन्धकी राखेको गैरिखेत उकास्नकै लागि पनि  पैसा कमाउन मुगलान जान्छन दूलहा ।

बुबाआमाको अहमता र घमण्डका कारण दुई जिउकी छोरी फुङ्साको गर्भावस्थामा गर्नुपर्ने कोख पुजा,साप्पोक चोमेन नगरिएको कारण अन्तमा शिशुलाई जन्म दिएर सुत्केरी अवस्थामै फुङ्साले प्राण त्याग्छिन र अन्तत: सुगुप हुन पुग्छिन। एक बियोगान्त कथा बोकेको सुगुप भित्र बैबाहिक संस्कार ,रितिथिती,गरीबी भित्रको पिडालाई सामाजिक समस्याको रुपमा देखाईएको छ।

गर्भावस्थाको बेला बिजुवा फेदाङ्मा हरु बाट बिशेष मुन्धुमद्वारा आमा र बच्चाको स्वास्थ्य लाभको निम्ति उनै प्रकृति,खोलानाला,देबिदेउराली , माङ हरु सङ्ग बल आशीर्वाद माग्ने परम्परा र धार्मिक बिश्वास रहिआएको छ। यस्तो पुजा आराधना गर्दा र नगर्दा हुने असर र  यस्ले निम्त्याउन सक्ने दुर्घटना लाई छर्लङ्ग रुपमा देखाईएको छ।

पुर्व नेपाल ताप्लेजुङको रमणिय स्थलहरु नाल्बू र साँबा ,याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौं, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थल सहित भारतको आसाममा छायाङ्कन गरिएको चलचित्रको कथा,निर्माता,निर्देशन लोकेन साँबा लिम्बुले गरेका हुन।

चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बबीता नेयोङहाङ,  सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम के योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्र पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला शैलेन्द्र कुमार नाल्बो, रबिन इन्द्र सेर्पा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

सम्बन्धित समाचार