बुहारी ग्रुपको सातौ बर्शिकोत्सव सम्पन्न

14.1k Shares

काठमाडौं । विवाहित महिलाहरुको समूह बुहारी ग्रुपले सातौ बार्शिकोत्सव मनाएको छ । सामाजिक संजाल फ़ेसबुकमा २०७४ जेठ ११ गते स्थापना भएको बुहारी ग्रुपमा विवाहित नारी जोडिएर आफ्ना दुख सुख साट्दै आएका छन । यही अवसरमा ग्रुप एडमिन प्रभा आचार्य, तुलसा आचार्य गौतम र रूपा गुरूंगको अग्रसरतामा ललितपुर धापाखेल स्थित सेभ ब्लेसिङ चिल्ड्रेन होमका का २५ जना बाल बालिका हरूको लागी ४०,००० बराबर को स्टेशनरी तथा खाद्यान्न बितरण गरिएको छ ।

यस कार्यमा आचार्य सङै सुधा सिग्देल गौतम, प्राप्ति आचार्य भट्टराई, सुस्मिता आले बस्नेत, सृजना थापा, सीमा बनिया, रन्जु गिरी आचार्य र सीता प्याकुरेलको सहभागिता रहेको थियो । हरेक वर्ष झै यश बर्श पनि सकेको सहयोग गर्ने काम गरेको आचाएयले बताएकी छन ।ग्रुपले प्राकृतिक प्रकोप, आगलाग़ी लगायत विभिन्न रोगहरूले ग्रसित, आर्थिक अभावले उपचार गर्न नसकेका बिरामी हरूलाई आर्थिक सहयोग गर्दै आएको छ ।

download (4).jpg

download (5).jpg

download (6).jpg

सम्बन्धित समाचार