बलात्कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

15.3k Shares

काठमाडौँ - निलम्बित न्यायाधीश भुवन गिरीलाई जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको छ। न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गिरीलाई दोषी ठहर गरेको हो। उनी सर्वोच्च अदालतको आदेशले थुनामा रहेका छन्।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। 

श्रीमतीलाई सम्बन्ध विच्छेदपछि पनि सहमति विना शारीरिक सम्बन्ध राखेको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो। उनलाई सजाय भने जिल्ला अदालतले पछि निर्धारण गर्नेछ। 

पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट प्रजनन अंगसँग सम्बन्धित ‘हाइमेन ओल्ड टिअर’ भन्ने देखिएको, पीडित र प्रतिवादीबिच यसभन्दा पहिले पनि वैवाहिक जबरजस्ती करणी र सम्बन्ध विच्छेद मुद्दा चलिरहेको अवस्था देखिएको भन्दै सर्वोच्चले थुनामा पठाएको थियो। सोही आधारमा टेक्दै जिल्ला अदालतले दोषी ठहर गर्ने फैसला सुनाएको हो। 

सम्बन्धित समाचार