जाजरकोटमा खानेपानीको हाहाकार : चार पालिकाका हजारौं स्थानीय काकाकुल

17.3k Shares

जाजरकोट । जाजरकोटका भेरी र नलगाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिकाका गाउँबस्तीमा खानेपानीको हाहाकार भएको छ। लामो समयसम्मको खडेरी तथा कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोटमा खानेपानीको समस्या भएको हो।

भूकम्पले पानीका मुहान भासिएर धारामा पानी कम आउन थालेपछि चिन्तित भएका जाजरकोटेमाथि सुख्खा खडेरीले पानीको मुहानै सुक्दा चारवटै स्थानीय तहका गाउँँबस्तीमा खानेपानीको चरम अभाव भएको छ।

अहिले उनीहरूलाई कसरी पानीको जोहो कसरी गर्न सकिन्छ भन्ने चिन्ताले पिरोलेको छ । भौगोलिक विकटता भएका अधिकांश गाउँबस्तीमा करिब ५ किलोमिटरभन्दा टाढाका मुहानबाट ल्याइएका पानीका धारा सुकेपछि घरआँगनमै पाइएको सुविधाबाट वञ्चित हुन पुगेका छन् ।

नलगाड नगरपालिका–४ बाहुसेखोला जुम्ली गारे खानेपानीको मुहान सुक्दा १५ घरपरिवार समस्यामा परेका छन् । भूकम्पले घरवारविहीन भएर नाना खानाको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका नागरिकलाई घारामा आउने पानी सुकेपछि बिहान बेलुका पानीको खोजीमा गाग्री बोकेर पानी खोज्दै हिँड्नु परेको नलगाड–४ का हरिश्चन्द्र रावलले बताउनुभयो ।

नलगाड–४ का चच्चुलाइन मुहान, पाल्ता पानी मुहानमा पानी आउन छाडेपछि कोटीगाउँका ४५ घरपरिवार, भात्चिउराका करिब ३५ घरपरिवार, डिम्रापानी मुहानको प्रयोग गरेका १४ घरपरिवार, प्याराधारा मुहानबाट गाउँबस्तीमा ल्याएको पानी मुहानमै सुकेका कारण ती गाउँबस्तीमा खानेपानीको हाहाकार भएको नलगाड नगरपालिका–४ का वडाअध्यक्ष बद्री पन्तले बताउनुभयो । उनीहरू खानेपानीको लिन एक घण्टा हिँडेर डाँडाखोला आउने गरेका छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार