काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताएका छन् ।
बिहीबार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नागरिकताको विषयलाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रूपमा बुझ्न नहुने पनि बताए ।
"कैलाश सिरोहिया कान्तिपुर भन्ने पत्रिकाका सञ्चालक, उहाँलाई नागरिकताको विषयमा उहाँको नागरिकता झुटो नागरिकता भयो, किर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन, आदि भन्ने कुरा अखबारमा नै आए । तर, त्यसको छानबिन सरकारले गर्यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो," ओलीले भने ।