17k
Shares
काठमाडौं - मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाक दिवस)का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो।
गैरआवासीय नेपाली सङ्घ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली सङ्घ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गरेका थिए। मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य र नेपाली गीत–सङ्गीत तथा कला प्रस्तुत गरिएको थियो।