प्रतिपक्षको अवरोधलाई प्रतिरोध गर्ने सत्तापक्षको तयारी

19.6k Shares

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच बिहीबार बोलाइएको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षले सदनमै भिड्ने तयारी गरेको छ।

कांग्रेसले सदन अवरोध जारी राखे सत्ताको मुख्य सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अवरोको प्रतिकार गर्ने तयारी गरेको हो।

एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार खुस्कियो भनेर कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई चिथोरेको आरोप लगाउँदै अब कांग्रेसलाई संसद्मा बोल्न नदिने चेतावनी दिनुभयो। बुधबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले संसद्को महत्वपूर्ण समय कांग्रेसको लहडबाजीमा खेर फाल्न नहुने भन्दै बिहीबारदेखि संसद् चालू हुनुपर्ने बताउनुभयो।

सहकारी ठगीमा संलग्न रहेको भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गर्दै ओलीले लामिछानेमाथि आरोप लागेपछि सदनमा बोल्न पाउनुपर्ने जिकिर गर्दै भन्नुभयो– ‘कांग्रेस बोल्न पाउने हामी बोल्न नपाउने ? अर्को दिनबाट हामी पनि बोल्ने हो’, उहाँले आक्रोश पोख्दै भन्नुभयो– ‘कांग्रेस बोल्दा हामीले सुनिदिनुपर्ने ? कांग्रेसलाई अब बोल्न दिइँदैन । पहिले रवि लामिछानेले बोल्न पाउनुप¥यो, होइन भने हामी बोल्छौं।’

ओलीको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा तरङ आएको छ । सामान्यतया प्रतिपक्षले प्रतिपक्षले सदनमा सरकारको आलोचना गर्ने, सुझाव दिने र सरकारले प्रतिपक्षका आवाजलाई नसुन्दा सदन अवरोध गर्ने लोकतान्त्रिक अभ्यास भए पनि सत्तापक्षबाटै सदनसमेत कब्जा गर्ने खालको अभिव्यक्ति आउनु तानाशाही प्रवृत्ति भएको राजनीतिक विश्लेषकहरू बताउँछन्। आजको नेपाल समाचारपात्र दैनिकबाट 

सम्बन्धित समाचार