15.9k
Shares
काठमाडौँ । सरकारले साइबर सुरक्षा सम्बन्धी अनुसन्धान र प्रतिकार्यका लागि संस्थागत व्यवस्था गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साइबार सुरक्षा सम्बन्धी अनुसन्धान प्रतिकार्य र जनचेतना प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने घोषणा गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘साइबार सुरक्षा सम्बन्धी अनुसन्धान प्रतिकार्य र जनचेतना प्रभावकारी बनाउन संस्थागत व्यवस्था गरिने छ ।’