14.4k
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकमा एक जना पुरुषको शव भेटिएको छ । सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका गिरी सो एरियामा बस्दै आएका थिए । उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।