निज्जर हत्या प्रकरणमा थप एक भारतीय पक्राउ

15.5k Shares

ओटावा । शिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडा प्रहरीले थप एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । यसअघि तीनजना भारतीय नागरिक सो प्रकरणमा पक्राउ परेकोमा थप एकसहित चार जना पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार पक्राउ पर्ने चौथो व्यक्तिमा २२ वर्षिय अमरदीप सिंह रहेका छन् । उनीमाथि हत्याको योजना बनाएको आरोप रहेको छ । प्रहरीले जारी गरेको वक्तव्यमा अमरदीप सिंहलाई हिजो शनिबार पक्राउ गरिएको जनाइएको छ । यसअघि करण बरार, कमलप्रीत सिंह र करणप्र्रीत सिंहलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

निज्जरको गत वर्ष जुनमा क्यानडाको भ्यान्कुभरमा गोली हानी हत्या गरिएको थियो । सो हत्या प्रकरणपछि भारत र क्यानडाबीच आरोप प्रत्यारोपको शृंखला चल्दै आइरहेको छ । (बीबीसी)

सम्बन्धित समाचार